सिन्धुली । जनपरिषद् नेपाल, सिन्धुलीका गोपाल तामाङले सरकारले सबै क्षेत्रमा मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
तामाङले विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामधारी सरकार गठन भएपछि देश र जनताको हित होला, दैनिक जीवनयापनको समस्यामा राहत होला भन्ने आमनागरिकको अपेक्षामा कुठाराघात भएको बताएका छन् ।
उनले जनजीवन झन्झन् कष्टकर बनिरहेको अवस्थामा आगामी चैत १ गतेदेखि लागू हुने गरी सिन्धुली जिल्ला अस्पतालमा बिरामी उपचार सेवा शुल्कमा एक सय ५० प्रतिशतले शुल्क वृद्धि गर्ने तर सरकारी दरबन्दी ४८ प्रतिशतभन्दा कम भइरहने भन्ने समचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
