नगरपालिकाको बोर्ड बैठकमै वडा अध्यक्षबीच कुटाकुट

वीरगन्ज । पर्साको पोखरिया नगरपालिकाको वोर्ड बैठकमा नै दुई जनप्रतिनिधिबीचमा कुटाकुट भएको छ। पोखरिया नगरपालिकाका दुई बोर्ड सदस्य एवम् दुईवटा वडाका अध्यक्षकाबीचमा हात हालाहाल भएको हो ।

पोखरीया नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष सियानन्द चौहान र वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण साह कानुबीच कुटाकुट भएको हो। वडामा नगरपालिकाले समानुपातिक रुपमा विकासको वजेट बाडफाँड नगरेको भन्दै वडा अध्यक्षहरुबीच लामो समय सम्म वादविवाद हुदै आएको र बिहीबार नगरपालिकाको वोर्ड वैठकमै दुई अध्यक्ष विच हात हालाहाल भएको छ।

Advertisement

घटनाका सम्बन्धमा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु)ले बोर्ड वैठकमा स्मार्ट सिटीका बारेमा छलफल भइरहेको अवस्थामा विवाद उत्पन्न भएको बताए। उनले स्मार्ट सिटीको वजेट वडाका लागि नभई समग्र नगर विकासको योजनामा आएको बताए। तर, बैठकमा सहभागी वडा अध्यक्षले सो रकम वडाका लागि आएको भन्दै विवाद उत्पन्न गराएर आफैमा कुटाकुट गरेको बताए।

More News last news
Loading...