कपिलवस्तु । नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’को कपिलवस्तुस्थित घरमा प्रहरीले छापा मारेको छ।
बिहीबार बिहान शिवराज नगरपालिका–९ शिवगढीस्थित घरमा प्रहरीले छापा हानेको हो। त्यहाँ उनका भतिजा यादव चन्द बस्दै आएका थिए।
प्रहरीले छापा हान्दा स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका थिए । स्थानीय बासिन्दासँगको घम्साघम्सीमा दुई प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका हुन् ।
चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यायका अनुसार, विप्लवको घरबाट प्रहरीले एउटा एसएमजी राइफल र त्यसको तीनवटा म्यागेजिन, एउटा चाइनिज पेस्तोल र त्यसको दुइटा म्यागेजिन, ४० मिटर तार र एउटा रिमोट बरामद गरेको गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
