भक्तिपथ फाउण्डेशनको स्थापना, आध्यात्मिक चिन्तनको प्रवर्द्धन गर्ने

नवलपुर । शान्ति, अहिंसा र भौतिक समुन्नतिका लागि आध्यात्मिक चिन्तनको प्रवर्द्धन गर्ने र सामाजिक कार्य गर्ने उदेश्यका साथ भक्तिपथ फाउण्डेशन नामक संस्था स्थापना भएको छ।

यस संस्थाले वृद्धाश्राम, अनाथाश्रम, प्राकृतिक चिकित्सालय, गुरुकुल तथा गौशालाहरुको स्थापना तथा सञ्चालन गर्ने सहयोग गर्नेछ।

Advertisement

फाउण्डेशनले पूर्वीय दर्शनमा आधारित अत्याधुनिक आध्यात्मिक शिक्षालय स्थापन गरि वेद, पूराण तथा अन्य धर्मग्रन्थहरुको पठन( पाठन गराउने र पूर्वीय साहित्य, संगीत, एवं कलाको संरक्षण, संवर्धन तथा प्रचार प्रसार गर्नेछ।
समाज सेवा नै सर्वश्रेष्ठ धर्म हो भन्ने मूल मन्त्रका साथ श्रीमद्भागवातोपाषाक आचार्य श्रीशीतलकृष्ण महाराजजी को सत्संकल्पमा स्थापना भएको यस फाउण्डेशनले संस्थाको मुनाफा वितरण नगर्ने र सो मुनाफा संस्थाको उद्देश्य प्राप्तिका लागी खर्च गर्ने यसै फाउण्डेशनका संचालक सदस्य अशोक भट्टराईले जानकारी दिए।

साथै फाउण्डेशनको सदस्यता आवेदन खुला गरिएको छ।केन्द्रिय कार्यलय कावासोती नपा ०८, नवलपुरमा रहेको भक्तिपथ फाउण्डेशनले देश भरि नै सामाजिक कार्यहरु गर्नेछ।

More News last news
Loading...