धुर्मुस-सुन्तली फाउण्डेशनसँग जोडिए गायक सत्यराज र स्वरुपराज (भिडियो)

धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरुप राज आचार्य जोडिएका छन्।

बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए।

Advertisement

सत्य स्वरुपले धुर्मुस-सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धि गीत उपहार दिएका हुन्। ‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन्। धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ।

More News last news
Loading...