काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक किचलोले तिब्र गतिमा उचाई लिइरहेको छ।
प्रमुख प्रतिपक्षी दल आफैँभित्र अलमलिरहेको छ । लामो समयको विवादबीच गएसाता केन्द्रीय समिति बैठकबाट बहुमतको आधारमा विधान पास भएपछि चर्किएको विवाद कायमै छ। आफूलाई लोकतन्त्रको मियो ठान्ने कांग्रेस पार्टीभित्रै लोकतन्त्रको अभ्यास खट्किएको छ।
गुटगत राजनीतिकै कारण कमजोर बन्दै गएको कांग्रेसलाई बलियो बनाउने फर्मुला अझै फेला परेको छैन।
आज पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको गुटगत भेला सम्पन्न भएको छ। नेता प्रकाशमान सिंहको निवासमा भएको छलफलमा सभापति शेरबहादुर देउवालाई कसरी ठिक पार्ने भन्ने विषयमा केन्द्रित थियो।
बहुमत केन्द्रिय सदस्यको बलमा देउवाले निर्णयहरु गरेपछि पौडेल पक्ष अब के गर्ने भन्ने रणनीतिमा लागेको हो। आजको भेलामा पौडेलसहित महामन्त्री डा शशांक कोइराला, कोषध्यक्ष सितादेवी यादवलगायतको सहभागि थियो।
नेताहरुले सकेसम्म आगामी फागुनभित्रै महाधिवेशन गराएर देउवालाई फाल्ने उपायका बारेमा पनि छलफल गरेको बुझिएको छ।
आजको छलफलमा छुट्टै चलाइरहेका कृष्ण सिटौला भने उपस्थित थिएनन्। महासमिति बैठकको एजेण्डाविपरीत केन्द्रिय समितिले विधान संशोधन नगरी पुरानै शैलीमा विधान पास गरेपछि कांग्रेसभित्रको विवाद केन्द्रिय स्तरमा मात्र होइन तल्लो तहसम्म पुगेको छ। यति मात्र होइन पार्टीको भ्रातृसंगठन विघटन भएको यतिका दिन वितिसक्दा समेत पार्टीले कुनै निर्णय लिन नसक्दा नेता कार्यकर्ता निराश भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
