तारकेश्वर । तारकेश्वर नगरपालिका शिक्षा शाखाद्धारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा कौशल स्कुल प्रथम भएको छ।
आधारभूत अन्तर विद्यालय तारकेश्वर नगरस्तरीय सो प्रतियोगितामा तारकेश्वर–८ को कोशल ईङ्गिलस बोडिङ स्कुल प्रथम भएको हो। यस्तै गरि द्धितृयमा सेक्रेड हार्ट मावि, तृतीयमा ल्याण्डमार्क एकेडेमी र सान्तवना पुरस्कार यूरेका हाई स्कुलले प्राप्त गरेको छ।
प्रथम, दितृय, तीतृय र सान्तवना स्थान हासिल गर्ने विद्यालयलाई क्रमश रु ६ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरेको तारकेश्वर नगरपालिका नगर शिक्षा शाखाका अधिकृत पदम बहादुर खत्रीले बताए।
तारकेश्वर नगरपालिकाका आधारभूत तह स्तरीय सो प्रतियोगिता तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सो प्रतियोगितामा ३० वटा विद्यालयहरु सहभागीभएको र आगामी दिनमा तारकेश्वर नगरशिक्षा शाखाले अन्य अतिरिक्त क्रियाककलापहरु सञ्चालन समेत गर्ने कार्यतालीका रहेको नगरशिक्षा शाखा प्रमुख शुरेस कुमार जोशीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
