प्रधानमन्त्री ओली र प्रचण्ड आज झापा जाने

खगेन्द्र घिमिरे
झापा । आज प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल झापाको सुखानी आउने भएका छन्।

२०२९ सालमा जेलको बहानामा इलाम र झापाको सीमाना सुखानीको जंगलमा लगी तत्कालिन सरकारले हत्या गरेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल तथा नारायण श्रेष्णलाई श्रद्धाञ्जली दिन उनीहरु झापा आउने भएका हुन।

Advertisement

नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले सुखानीमा सहिदको सम्मान र श्रद्धाञ्जलि कार्यक्रम हुने जानकारी दिए। निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्था विरुद्ध उठेको किसान आन्दोलनमा तत्कालिन सरकारले ती पाँच जनालाई सुखानीको जंगलमा लगी हत्या गरेको थियो ।

आजै दिवंगत मन्त्री रविन्द्र अधिकारी तथा अर्का नेता भरतमोहन अधिकारीसहितलाई पनि श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ।

More News last news
Loading...