सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्तालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ।
चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि छलफल भइरहेको बेला शुक्रबार राति प्रहरी पुगेको थियो। पक्राउ पर्नेमा विप्लवका जिल्ला सदस्यहरु रञ्जीत ठकुरी,धनबहादुर श्रेष्ठ लगायतका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विप्लवका कार्याकर्ताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले जानकारी दिए। ‘केही मानिस पक्राउ परेका छन्, उनीहरुको विषयमा अनुसन्धान सुरु गरेका छौं’ एसपी मरासिनीले भने।
१० फागुनमा राजधानीमा एनसेल कार्यालय अगाडि भएको विष्फोटको विप्लव समूहले जिम्मा लिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
