यी ६ राशिका लागि अति शुभ छ यो साता, तपाईको कस्तो छ ? हेर्नुहोस् साप्ताहिक राशिफल

मेष

राजनीति तथा सामाजिक सेवातर्फ सक्रियता नदेखाउनुमै कल्याण छ । लगनशीलताका कारण ओझेलमा परेका कतिपय अवसर हात पार्न सकिनेछ । आफन्तजनबाटै झमेला–विवाद आइलाग्न सक्छ, सचेतना अपनाउनुहोला । साताको अन्त्यमा प्रेम जीवन सुखद रहनुका साथै भ्रमणमा रमाइनेछ ।

Advertisement

वृष

प्रतिस्पर्धाबाट प्राप्त सफलताले चर्चा दिलाउनेछ । आफनो निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । नयाँ काममा लगानी गर्न मन उत्प्रेरित हुनेछ । अचानक पे्रम प्रस्ताव प्राप्त हुन सक्छ । हतारमा गरिएको कामले भने उल्टो परिणाम दिन सक्छ ।

मिथुन

व्यवसायको सिलसिलमा विदेश यात्रा हुनसक्छ । फाइदामूलक काममा लगानी गर्ने अवसर जुट्न सक्छ । नयाँ कार्य प्रारम्भ गरी पर्याप्त धन आर्जन गर्न सकिनेछ । सुन्तला रंगको पहिरनका कारण आलोचकहरूसमेत लोभिनेछन् । बुधबारपछिका दिनमा काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ ।

कर्कट

साता मनोरञ्जक रहनेछ । वादविवादबाट भने टाढै रहनुहोला । अचानक साथीको मन परिवर्तन हुँदा आफूलाई मर्का पर्नेछ । इँटा रंग प्रयोगमा ल्याउन सके प्रायः काममा आकर्षणको केन्द्र भइनेछ । नातेदारहरूले लेनदेनमा ढिलाइ गर्दा व्यवहारिक कठिनाइको सामना गर्नुपर्ला ।

सिंह

बिनायोजना महँगा सामग्री खरिद गर्दा अर्थ अभावले पिरोल्न सक्छ । प्रेमी–पे्रमिकासँगको उठबसलाई लिएर आलोचित भइनेछ । मित्रवर्गबाट आफूले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त हुनेछ । सकेसम्म लाभ लिने प्रयास गर्नुहोला । साताको अन्त्यतिर दान–पूण्यमा सहभागी हुँदा परिवारकै कल्याण हुनेछ ।

कन्या

आकर्षक पहिरनले अरूको मन लोभ्याउनेछ । पर्यटकीय क्षेत्रको काममा बढी आनन्द मिल्नेछ । योग तथा शारीरिक व्यायामका कारण मानसिक तनावबाट मुक्त भइनेछ । पारिवारिक सहयोगमा समस्याहरू पन्छाउन सकिनेछ । चिसोबाट जोगिने प्रयत्न गर्नुहोला ।

तुला

परिणाममुखी कार्य सम्पन्न गर्न अभैm केही समय कुर्नुपर्ने हुन्छ । सेतो रंगको प्रयोगले विशेष फाइदा दिलाउनेछ । परिस्थिति विचार गरी भावना मिल्ने साथीहरूसँग लगानी गर्न ढिला नगर्नुहोला । अचानक प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । परिवारिक सुझाव अनुरुप निर्णय गर्दा धोका हुनेछैन ।

वृश्चिक

कसैले आफूलाई भित्रभित्रै मन पराएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी पाइनेछ । अनुभवी ज्येष्ठ व्यक्तिको संगतले अप्ठ्यारो परिस्थिति पहिचान गरी समस्या सुल्झाउन सकिनेछ । अर्काको बढी विश्वास गर्नाले गोप्य सूचना बाहिरिनेछ भने विभिन्न समस्या आइलाग्न सक्छ । राति अबेरसम्मको यात्राले फाइदा पु-याउनेछैन ।

धनु

अध्ययनका निम्ति विदेश जाने सोच छ भने अपेक्षाअनुरूपको नतिजा हात लाग्न केही समय कुर्नुपर्नेछ । आफूलाई मन पराएको प्रस्ताव प्राप्त भए पनि हतार नगरी निर्णय गर्नुहोला । आफनो पहिचानलाई धेरैले मन पराउनेछन् । साताको अन्त्यमा शारीरिक कष्टले सताउन सक्छ ।

मकर

अन्योलका बीच सकारात्मक मार्ग पहिल्याउन सकिनेछ । उच्च ओहदाका व्यक्तिले आफ्नो कार्यलाई सकारात्मक रूपमा लिनेछन् । परिश्रमका बावजुद शिर तथा आखाँसम्बन्धी समस्याले सताउन सक्छ । धन खर्च हुने सम्भावना छ । घरायशी व्यवहारमा विशेष होस पु¥याउनुहोला ।

कुम्भ

साथीहरूको भनाइमा भर पर्दा अवसरहरू फुत्किन सक्छन् । समयमै कार्य सम्पन्न गर्नुहोला । प्रेमी–प्रेमिकाबाट उपहार प्राप्त हुँदा हर्षले गद्गद भइनेछ । भोज–भतेरमा सहभागी हुँदा आफ्नो सरसामनप्रति निगरानी राख्नुहोला । तीव्र गतिमा सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।

मीन

प्रेमी–प्रेमिकाबीचको योजना संकटमा पर्न सक्छ । अभिभावकहरूको सुझावअनुसार अघि बढ्दा समस्या निवारण हुनेछ । अर्काको देखासिकी नगरी आफनो हैसियत अनुरूप व्यवहार गर्नु नै आफनो हितमा छ । रातो रंगको प्रयोगले विविध अवसर नजिक पु-याउन सहयोग गर्नेछ।

मन्त्री अधिकारीको अन्त्येष्टि, उलियो जनसागर, हेर्नुहोस् २० तस्बिर

मन्त्री अधिकारीको काजकिरिया ७ दिनमात्रै गरिने

More News last news
Loading...