पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई गृह जिल्ला कास्की (पोखरा) पुर्याइएको छ । उनको पार्थिव शरीरलाई अन्तिम दाहसंस्कारका लागि पोखरा लगिएको हो ।
मन्त्री अधिकारीको पार्थिव शरीर भर्खरै पोखरा विमानस्थल पुर्याइएको हो । अधिकारीको पार्थिव शरीरलाई शवयात्रासहित आजै रामघाटमा अन्त्यष्टि गरिनेछ। शवयात्राको व्यवस्थापन गण्डकी प्रदेश सरकारले गरेको छ।
मन्त्री अधिकारीको शवलाई पोखरा विमानस्थलबाट सिधै नयाँ बजारको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि लगिने बताइएको छ ।
त्यहाँ करिब दुई घण्टा श्रद्धाञ्जलीका लागि राखेपछि नयाँ बजारबाट महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट रामघाटमा पुर्याएर अन्त्यष्टि गरिने बताइएको छ ।
मन्त्री अधिकारलाई श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पोखरा जाने छन् भने नेकपाले पनि वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई श्रद्धाञ्जलीका लागि पोखरा पठाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
