रविन्द्रका परिवारलाई सम्हाल्न हम्मेहम्मे, राष्ट्रिय झण्डापछि पार्टीको झण्डा ओडाइयो

काठमाण्डौ । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगे।

आज टुँडिखेलमा शोकले माहोल नै भावुक बनेको थियो । सर्वसाधारण आफैं भावविह्वल बनेकाले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न कठिन देखिन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए।

Advertisement

टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका थिए ।
ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर टुँडिखेलमा राखिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा पुगेर राष्ट्रपति भण्डारीले अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो।

More News last news
Loading...