काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अचेत भएपछि अस्पताल भर्ना भएका छन् ।
अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
नर्भिक अस्पतालअनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ ।
पुनलाई भेट्न प्रधानमन्त्रीसहित नेपाल सरकारका मन्त्रीहरु अस्पताल पुगेका थिए।
मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा। यादव भट्टसहितका चिकित्सक जुटेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
