को बन्छ करोडपतिमा भुवन केसीका बाबु-छोराले जिते ५० लाख, १ करोडको प्रश्नमा अड्किए

काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको टेलिभिजन शो ‘को बन्छ करोड पति’को नयाँ एपिसोडमा चर्चित अभिनेता भूवन केसी र उनका छोरा सुपरस्टार अनमोल केसी पुगेका छन्।

आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’को टिम सहित भूवन र अनमोल ‘को बन्छ करोड पति’मा पुेगका हुन् भने को बन्छ करोडपतिको हट सिटमा भुवन केसीका बाबु छोरा बसेर खेलेका छन्।

Advertisement

एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको ‘को बन्छ करोड पति’को आउँदो शनिबार प्रसारण हुने नयाँ एपिसोडको प्रोमो सार्वजनिक गरिएको छ जसमा यी बाबु छोराले ठुलो रकम जितेको देखाइएको छ।

साथै यस सार्वजनिक प्रोमोमा निरुता सिंह, अनमोल र भुवन केसी क्याप्टेनको गीत कर्ली कपालमा नाचेका पनि छन् । हेर्नुस् भिडियोमा ‘को बन्छ करोड पति’को नयाँ एपिसोडको प्रोमो …

More News last news
Loading...