सबैले घरमा लक्ष्मीको वास होस भन्ने चाहान्छन र यसका लागि मानिसले हरेक प्रकारका तरिकाहरु अपनाउँने गर्छन । केहि मान्छेहरुले घरमा लक्ष्मी माताको पुजा पाठ गर्ने गर्छन भने केहिले वास्तुशास्त्रका आधारमा पनि ठुलो लाभ पाउँन सक्छन । वास्तुशास्त्रका अनुसार, यदि तपाईंले चार दिशा अनुसार घरमा केही चीजहरू राख्नुहुन्छ भने, यसले पनि तपाईंको जीवनमा नयाँ फेरबदल ल्याउन सक्छ। आउँनुहोस जानौं वास्तु सँग सम्बन्धित केहि कुराहरु
ड्रेसिंग टेबलको साथ दर्पण पूर्व वा उत्तर पर्खालहरूमा हुनुपर्छ।
दराज सुत्ने कोठाको को उत्तरपश्चिम वा दक्षिणी किनारमा हुनु पर्छ। टिभी, हीटर र एअर कंडीशनर दक्षिणपूर्व कुनामा अवस्थित हुनुपर्दछ।
पढाई र लेखाई गर्नको लागि सुत्ने कोठाको पश्चिम वा पूर्व हुनुपर्छ। तपाईले यो कुरा ध्यानमा राख्नुहोस पढाई गर्ने समयमा तपाईको मुख पुर्वतिर हुनुपर्छ।
सुत्ने कोठमा, दराज दक्षिण पर्खालको साथ राख्नु पर्छ। दराज खोल्दा यसको मुख उत्तरतिर खुला हुनुपर्छ। यसले पैसा कम हुन दिदैन।
दक्षिणपश्चिम र पश्चिमलाई कहिल्यै खाली राख्नु हुँदैन।
कोठा संग जोडिएको बाथरूम कोठाको पश्चिम तिर हुनुपर्छ उत्तरमा होईन।
सुत्दा मिठो निन्द्रा र सुन्दर सपनाको लागि पूर्व वा दक्षिण तिर सिरानी हुनुपर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
