भैरहवा । केही महिनापछि हुन लागेको लोकसभा निर्वाचनमा सहयोग गर्न भारतले नेपाललाई आग्रह गरेको छ।
दुई देशका स्थानीय अधिकारीहरुबीच सीमावर्ती भारतीय सहर नौतनवास्थित एसएसबी ६६ औँ बटालियन हेडक्वार्टरमा बसेको काउन्टर पार्ट बैठकमा भारतले निर्वाचनलाई शान्तिपूर्ण गराउन सुरक्षा सहयोग मागेको हो।
हालै कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रमणपछि पाकिस्तानसँग विवाद चर्किरहेका बेला भारतलले नेपालसँग सहयोग माग गरेको हो। बैठकमा नियमित विवादका साथै खुल्ला सीमानाबाट निर्वाचन बिथोल्ने घुसपैठ हुन सक्ने भन्दै शंकास्पद व्यक्तिमाथि निगरानी गर्न आग्रह गरेको हो।
बैठकमा नेपालले लोकसभा निर्वाचनका क्रममा सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। खुल्ला सिमानाको फाइदा उठाउँदै मदिरा विक्री, लागू औषध र अन्य तस्करीसहितका आपराधिक क्रियाकलाप नियन्त्रण गर्नमा दुवै देशका अधिकारीबीच समझदारी भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए।
गोरखपुरका आइजी जय नारायणले सिंहले बैठकमा शान्तिपूर्ण निर्वाचन गराउन नेपालले पूर्ण सहयोग प्रतिवद्धता जनाएको बताउँदै एसएसबी र प्रहरीले नाकामा संयुक्त गस्ती गर्न दुवै देशका अधिकारी सहमत भएको जानाकरी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
