काठमाडौँ । काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। आज दिउँसो काठमाडौँतर्फ आउँदै गरेको बस पश्चिम रुकुममा दुर्घटना भएको हो।
ना ५ ख ५३८५ नम्वरको बस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काका अनुसार दुर्घटनामा घाइते भएकामध्ये सिस्ने ५ रुकुम पूर्वकी ५० वर्षिया ईश्वरकुमारी बोहराको अवस्था चिन्ताजनक रहेको छ।
३० जना यात्रु सवार रहेको उक्त बस दुर्घटनामा परेको हो। प्रहरी प्रमुख खड्काका अनुसार बस दुर्घटनाको मुख्य कारण ब्रेक फेल भएको खुल्न आएपनि थप अनुसन्धान भईरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
