काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवाल लगाएका छन्।
उनले सामाजिक सञ्जालमा उक्त तस्वीर पोस्ट गर्दै लेखेका छन्, देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो।
देश अनुसारको भेष! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो! pic.twitter.com/YQ2a8mBjPv
— Baburam Bhattarai (@brb1954) February 21, 2019
१० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए। देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी सम्हाल्दासमेत बाबुरामले उक्त पोशाक लगाएका थिएनन्।

तर अहिले देश दौडाहाका क्रममा कर्णाली प्रदेश पुगेका बाबुरामले जीवनमै पहिलोपटक दौरा–सुरुवाल लगाएका हुन्।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
