काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीका प्रभावशाली नेता डा शेखर कोइरालाविरुद्ध खनिएका छन्।
देउवाले जथाभावी बोल्दै हिँडेको भन्दै नेता शेखर कोइरालालाई कारवाही हुनसक्ने जानकारी दिए। उनले भने,“काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ”।
बुधबार नेपाली काङ्ग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्। देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही गर्ने चेतावनी समेत दिएका छन्।
देउवाले पाटीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि-नोक्सानी पुर्याउने सबैलाई कारवाही हुने स्पष्ट पारे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
