काठमाडौँ । पछिल्लो समय दैलेखका तीन तारा अथवा बादी गाउँका सुन्दर तीन फूल भनेर तीन जना भाइहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्।
सुमधुर स्वरका धनि ति तीन बालक सानै उमेरदेखि नै बाटो बाटोमा गीत गाएर पैसा कमाउँथे। भौगोलिक हिसाबले निकै पछाडी परेको दैलेख जिल्लाबाट अहिले तीन भाइ गीत रेकर्डिङका लागि काडमान्डौँ आएका छन्।
बिकास बादी,सुनिल बादी र रविन्द्र बादीले गाएको गीत केहि समयअघि फेसबुकमा भाइरल भएपछि उनीहरुको स्वरको प्रसंसा सबैले गरेका थिए।
उक्त गीत सुनेर नै संगीतकार तथा गायक सम्राट चौलागाईंले तीन भाइहरुलाई गीत रेकर्डिङ गराउने भनि काठमाडौँ ल्याएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
