मन्त्रीसँग कुरा नमिलेपछि सचिवको सरुवा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा मन्त्री बिना मगरसँग मत बाझिएपछि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर सरुवा भएका छन्।

मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जगेडामा राखेको छ।

Advertisement

आयोजना बीचमै छाडेको इटालियन कम्पनी सीएमसीलाई भुक्तानी दिनेबारे मन्त्री र सचिवबीच मतान्तर बढेको हो।

मन्त्री मगरले सीएमसीलाई २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन आयोजना विकास समितिको अध्यक्षसमेत रहेका ठाकुरलाई दबाब दिँदै आएकी थिइन्। कान्तिपुर दैनिकबाट

More News last news
Loading...