तारकेश्वरको जरंखुबाट करिब ३ लाख रुपैयाँ सहित ७ जना पक्राउ ✍️ नयाँपुस्ता डटकम ५ फाल्गुन २०७५, आईतवार २१:१७ काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं ८ को जरंखुबाट जुवा खेल्र्द गरेको अवस्थामा ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बालाजुले २ लाख ७६ हजार नगद सहित ७ जनालाई प्रक्राउ गरेको हो। Advertisement केही समययता तारकेश्वरका विभिन्न क्षेत्रबाट तास खेल्ने जुवाडेहरु पक्राउ पर्नेक्रम बढ्दो छ।