काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् ।
कार्यसमितिको म्यान सकिएको झण्डै ६ महिनासम्म पनि महाधिवेशन गराउन नसकेपछि अध्यक्ष महरले सोमबार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् ।
कार्यसमितिको बैठकबाट यो कार्यसमितिको म्याद थप गर्ने वा नगर्ने भन्नेबारे पार्टी भित्रै विवाद भईरहेको समयमा अध्यक्ष महरले सोमबार राजीनामा दिएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
