काठमाडौ । नेपाली सेनाका एकजना जवान अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका-२६ स्थित सगरमाथा गेस्ट हाउसबाट खैरो हेरोइनसहित नेपाली सेनाका जवान एकेन्द्र शाही र कैलालीको घोडाघोडी नगरपालिका-६ घर भएका कृष्ण भण्डारीलाई पक्राउ गरेको हो ।
२३ ग्राम खैरो हेरोइनसहित पक्राउ परेपछि कैलालीको बर्दगोरिया गाउँपालिका-१ घर भएका शाहीले आफू सेनाको जवान भएको बयान दिएका थिए । शाही हाल नेपाली सेनाको ललितपुरस्थित एक ब्यारेकमा कार्यरत रहेको खुलेको छ।
पक्राउ परेका दुवैले विक्री गर्ने उद्धेश्यले हेरोइन राखेको जानकारीका आधारमा अपराध महाशाखाको टोली छापा मारेको थियो । पक्राउ परेका दुवैजनालाई महाशाखाले थप कारबाहीका लागि काठमाडौँ परिसरमा बुझाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
