चर्चित युवा ज्योतिष हरिहर अधिकारी विवेकशील साझामा प्रवेश

काठमाडौँ । पछिल्ला दिनहरुमा विवेकशील साझामा सदस्यता लिनेहरूको संख्या ह्वात्तै बढेको छ।

यसै क्रममा चर्चित युवा ज्योतिष हरिहर अधिकारीले आज शनिबार विवेकशील साझा पार्टीको सदस्यता लिएका छन्।

Advertisement

विश्व ज्योतिष विद्यापीठ, कलकत्ताबाट ‘शास्त्री’ उपाधी प्राप्त, विश्व ज्योतिष महासंघको युवा विभागका प्रमुख, केही समयअघिसम्म कान्तिपुर टेलिभिजनको ज्योतिष विद्यासम्वन्धि कार्यक्रम मार्गदर्शनका प्रस्तोता तथा चैतमा रिलिज हुन लागेको चलचित्र शुभ-लभका नायक समेत रहेका अधिकारीले आज विवेकशील साझा पार्टीको बखुण्डोलस्थित कार्यालयमा पार्टीको सदस्यता लिएका हुन्।

हरिहरले विवेकशील साझाप्रति देखाएको सद्भाव र गर्न खोजेको सहयोगप्रति आफू निकै खुसी रहेको पार्टीका गण्डकी संयोजक महेश भण्डारीले बताएका छन्।

More News last news
Loading...