धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजना गरिएको सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो।
नेपालको मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ। जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ।
शान्त बग्ने नारायणी नदी र सुन्दर हिमालको समेत दृश्य हेर्न सकिने रंगशाला नेपालको पहिचानको रंगशाला बन्नेछ। रंगशाला प्रवेशद्वारमै पाथिभरा, बुढासुब्बा, हलेसी, जनकपुरधाम, बडिमालिका, पशुपति, बौद्ध स्वयम्भुनाथ, विन्दबासिनी, सिद्धबाबा, स्वर्गद्वारी, लुम्बीनीसहित सिंगो नेपालले स्वागत गरिरहेको हुनेछ।
विश्वस्तरीय प्याराफिटमा बसेर खेल हेर्न सकिनेछ। यो रंगशालामा चार वटा ढोका हुनेछ। १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ।
ठाउँ ठाउँमा हुने एलइडी स्क्रिनबाट खेललाई अझै नजिकबाट नियाल्न सहयोग पुग्नेछ। स्पेशल फर्डलाइट जडान गरिएको मैदानमा दिन र रातको फरक हुनेछैन।
नेपालमा हुने विश्वस्तरीय खेल नेपालबाट प्रत्यक्ष प्रशारणका उत्कृष्ट मिडिया सेन्टर स्थापना हुनेछ। यसबाट नेपालको मौलिकताको पनि प्रचार हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
