नेविसंघ रामेछापले जलायो प्रधानमन्त्रीको पुत्ला

रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले कम्युनिष्ट सरकारको कार्यशैलिको विरोधमा बिहीबार साँझ मन्थलीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि नै सरकारले गर्ने हरेक निर्णय अधिनायकबादको आडमा जनताको अपेक्ष विपरित भएको भन्दै त्यसको विरोधमामा नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको बताएको छ ।

Advertisement

शंख बजाउदै निकालिएको प्रधानमन्त्रीको पुत्ला सहित बजार परिक्रमा गरी पुत्ला दहन गर्ने योजनालाई प्रहरीले हस्तक्षेप गर्न खोजे पछि उनीहरुले जिल्ला समन्वय गेट अगाडी तत्काल पुत्ला दहन गरेका थिए।

सरकारले हत्यारा, बलत्कार, मेडिकल माफिया लगायत घटनाका दोषीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने नेविसंघले बताएको छ।

यसअघि सरकारको कार्यशैली प्रति नेविसंघ रामेछापले बुधबार मन्थलीमा सिठ्ठी जुलुस निकालेको थियो।

More News last news
Loading...