स्याङ्जा । नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले सरकारका विरुद्ध सडकमा उत्रिन सम्पूर्ण तरुण युवाहरुलाई आह्वान गरेका छन् ।
सरकारको अधिनायकवादी चरित्र विरुद्ध नेपाल तरुण दल केन्द्रिय समितिले माघ ११ गते पोखरामा ‘कम्युनिष्ट सरकारको चमत्कार–मँहगी, बलात्कार र भष्ट्राचार’ भन्ने मुल नाराका आयोजना गरेको प्रदेश स्तरिय विरोध प्रर्दशनमा उल्लेखनिय सहभागी हुन स्याङ्जा तरुणहरुलाई आह्वान गरेका हुन ।
आज नयांपुस्तासँग कुरा गर्दै अध्यक्ष मल्लले सरकारले जनताको सामान्य भन्दा सामान्य आवश्यकतालाई समेत बेवास्ता गरि निर्मला हत्याकाण्डका दोषीलाई संरक्षण, डा. केसीको माग प्रति उदासिन, वाइडबडी, बुढी गण्डकी लगाएतका बिषयमा देशका महत्वपूर्ण आयोजनामा चरम भष्टचार गरि दुई तिहाईको दम्भ देखाएको र देशका संवैधानिक अंगहरु मथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए ।
स्याङ्जा जिल्ला प्रदेश नं २ ख का सांसद समेत रहेका मल्लले वर्तमान सरकारले विकास,सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्नुको साटो बलात्कार, भष्टचारलाई संरक्षण जस्ता विकृतिले नेपाली जनता आजित भइसकेकोले जनता सडकमा उत्रिने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
