रुपन्देही । प्रदेश नं ५ नेपाली काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन्।
प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महँगोमा गाडी खरीद गरेको समाचार बाहिर आएपछि उनले सो बारे निष्पक्ष छानबिनको माग गर्दै गाडी फिर्ता गरेका हन्।
नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नंको गाडीको साँचो संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनमगरलाई फिर्ता गरेका हुन्।
साँचो बुझाउँदै पोखरेलले सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरीद गरेका सबै गाडीको कागजात झिकाइ छानबिन थालेकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
