काठमाडौँ – डा. गोविन्द केसीलाई भेट्न कांग्रेस नेता गगन थापा टिचिङ अस्पताल पुगेका छन् । शिक्षण अस्पतालमा उपचारारत डा. केसीलाई भेट्न पुगेका थापाले केसीको स्वास्थ अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९ दिनदेखि इलाममा अनसनरत डा.केसीलाई बिहीबार सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ ।
उनको अबस्था चिन्ताजनक नै रहेको उनी निकट स्रोतले जनाएको छ । चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
