वाइडबडीमा रविन्द्र अधिकारी निर्दोष, ओली र प्रचण्ड दोषी (भिडियोसहित)

काठमाडौं, २ माघ । संसदको सार्बजनिक लेखा समिति अहिले चर्चाको शिखरमा रहेको छ । समितिले वाइडबडी खरिद प्रकरणको अध्ययन गर्‍यो र प्रतिवेदन सार्बजनिक गर्‍यो ।

त्यसपछि समितिले थप प्रक्रियाको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष रिपोर्ट पेश गरेको छ । अब अख्तियारले यो मुद्दालाई कसरी अध्ययन गर्नेछ अलग्गै बहसको विषय बनेको छ । तर, त्यो भन्दा माथि सरकारले एउटा उच्चस्तरीय समिति गठन गर्यो जसले गर्दा सार्बजनिक लेखा समितिको ओझमा आँच आउँछ कि आउँदैन ?

Advertisement

अख्तियारले छानबिन गरिरहेको विषयमा अर्कै समितिले छानबिन गर्दा कस्तो असर पर्छ ? यो बहस चलिरहदा प्रमुख बिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि वाइडबडी प्रकरणमा संलग्न छन् भन्ने कुराहरु सार्बजनिक रुपमा आयो । यस विषयलाई नेपाली काँग्रेसले कुन रुपमा लिएको छ ?

वाइडबडी प्रकरण पनि सुन काण्ड जस्तै ठुलो चर्चा हुने तर नतिजा केहि पनि नआउने त हुँदै छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता रामकृष्ण यादवसँग गरेको कुराकानी हेर्नुहोस् :

More News last news
Loading...