मुन्द्रेको कमेडी क्लबमा पशुपति शर्मा र फुलन्देकी आमाको घमासान दोहोरी (भिडियो)

काठमाडौं। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।

Advertisement

दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ। कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली लट्टे, उमेश राई फुलन्देकी आमा लगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ।

हिजो प्रसारण भएको मुन्द्रेको कमेडी क्लवको ११ औँ श्रृखलामा लोक गायक पशुपति शर्मा अतिथी रहेका थिए। लोक गीतको क्षेत्रमा भन्नै पहिचान बनाएका पशुपतिले हिजो फुलन्देकी आमासँग दोहोरी खेल्नुका साथै कम्मर मर्काएरै नाचे। पशुपति र फुलन्देकी आमा अर्थात हास्य कलाकार उमेश राईले दर्शकका निकै मनोरञ्जन प्रदान गरेका थिए।

भिडियोमा हेर्नुहोस् मुन्द्रेको कमेडी क्लवको ११ औँ श्रृखला

More News last news
Loading...