काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सातै प्रदेशका केन्द्रमा पुगेर सरकारको विरोध गर्ने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरूद्ध तरुण दलले सातै प्रदेशका केन्द्रमा कार्यक्रम गर्न लागेको हो ।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार निकालेको प्रेस विज्ञप्तिमा माघ ८ देखि १४ गतेसम्म प्रदेशका केन्द्रमा विरोध कार्यक्रम तय गरेको उल्लेख छ।
वाइड बडी जहाज खरिदमा भएको अनियमितता, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा सरकारले दोषी पहिचान गर्न नसक्नु, भ्रष्टाचार रोक्न नसक्नुजस्ता मुद्दा सातै प्रदेशमा हुने विरोध सभामा तरुण दलले उठाउने छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
