आजबाट हवाई भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

काठमाण्डौ । बिहीबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै शुक्रबार आन्तरिकतर्फको हवाई भाडा पनि घटेको छ ।

शुक्रबार बसेको एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको बैठकको निर्णअनुसार आन्तरिकतर्फ पुस २९ गतेदेखि लागू हुनेगरी काठमाण्डौबाट विभिन्न क्षेत्रको हवाई भाडा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटेको छ ।

Advertisement

यस्तो छ समायोजन पछिको हवाई भाडा 

माउण्टेन फ्लाइट ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार ६,००० रुपैयाँ

More News last news
Loading...