वाइडबडी प्रकरणमा नेकपाको असन्तुष्ट समूहको नाममा निकालियो यस्तो विज्ञप्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका असन्तुष्ट समूहले देशको पछिल्लो राजनीतिक अवस्था एवम् समसामयिक विषयमा सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाएको छ । असन्तुष्ट समूहले आज एक विज्ञप्ति जारी गर्दै वाइडबडी खरिद प्रकरणमा दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

असन्तुष्ट समूहका संयोजक युवराज सफलद्धारा जारी विज्ञप्तिमा सम्मानित संसद अन्तर्गतको निकायले ठहर गर्दा समेत अनुसन्धान नगरी मौन बसेको एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग (नेकपा) लगौँटी बनेर यस प्रकरणमा आँखा चिम्लिएको आरोप लगाइएको छ ।

Advertisement

उपसमितिले बुझाएको प्रतिवेदनलाई अस्वीकार गरी सरकारले जहाज घोटालाका दोषीलाई बचाउन एवम् आफू अनुकुल कार्य गर्न न्यायिक छानविन आयोग गठन गरेको असन्तुष्ट समूहले आरोप लगाएको छ ।

त्यस्तै निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई प्रक्राउ गर्न र दोषीलाई कार्वाही गर्न असफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले नैतिकताको आधारमा पदबाट राजिनामा निुपर्ने माग गरेका छन् । नेकपाको असन्तुष्ट समूह दाबी गर्ने मान्छे हुन् युवराज विद्रोही ।

विज्ञप्ति जस्ताको तस्तै :

More News last news
Loading...