तपस्वी बम्जनको आश्रममा प्रहरीको छापा

मेलम्ची । तपस्वी बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा पुगेर प्रहरीले छापा मारेको छ।

बम्जनको आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी शुरु गरेको हो।

Advertisement

अनुसन्धान टोलीले आज आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान थालेको हो। आश्रममा खान तलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धानको शुरुआत गरिएको बताए।

उनले फरेन्सिक टिम र विज्ञसहितको टोली खटाएर हराएका व्यक्तिको खोजी थालिएको जानकारी दिए। मकवानपुरका सञ्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको छ।

More News last news
Loading...