काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले ल्होसार पर्वको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘यो पर्वले नेपाली समाजमा सद्भावना बढाउदै आउनुका साथै मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।’
तमु ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस भन्दै शुभकामना व्यक्त गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
