महेन्द्रनगर, १४ पुस । जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्चको पूर्व सन्ध्यामा जैविक मार्गमा तयारीको अवलोकन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह र नगर प्रवक्ता राजेन्द्र पाण्डेयले पत्रकारहरु सहित अवलोकन गरेका छन्।
भीमदत्त नगरपालिकाले पुसे पन्धे्रको अवसर पारी आइतबार जैविक धार्मिक पर्यटन मार्गमा म्याराथन मार्च आयोजना गर्न लागेको छ । प्रतियोगिताका सबै तयारी गरिएको छ। प्रतियोगितामा एक हजार भन्दा प्रतिस्पर्धी सहित १० हजार भन्दा बढी स्थानीय जैविक मार्ग मार्चमा सहभागी हुने भएका छन्।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले समृद्ध भीमदत्त नगरको परिकल्पना अन्र्तगत जैविक मार्ग निर्माण गरी म्याराथन गर्न लागिएको बताए । ‘समृद्ध नगरको परिकल्पना साकार पार्न यो मार्ग बनाएका हौ, पर्यटनका अथाह सम्भावना छन्, जैविक मार्गमा खेल पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको छ’ उनले भने,‘यसमा सबै क्षेत्र समावेश गरेका छौै, आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिनेछौ।’
जैविक मार्गले घाँडीघाँचका वासिन्दालाई यातायात सुविधा बाहेक धार्मिक पर्यटन प्रवद्र्धन, अतिक्रमण रोकिने, वन संरक्षण तथा मानव र वन्यजन्तुवीच द्वन्द न्यूनीकरण हुने नगर प्रमुख विष्टले बताए । रौटेलादेखि ब्रह्मदेबसम्मको १५ किलोमिटर लम्बाईको जैविक मार्गले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीय स्थल एक आपशमा जोडिएका छन्।
भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले जैविक मार्गबाट नगरको चौतर्फी विकास हुने बताइन् । ‘यो मार्गको धेरै फाइदा छ, स्थानीयलाई हिँड्नलाई सहज हुन्छ, वन संरक्षण हुन्छ, खोला नियन्त्रण हुन्छ, पर्यटन प्रवद्र्धन हुन्छ’ उनले भनिन्,‘यसबाट नगर विकासको ढोका खुलेको छ ।’ भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले जैविक धार्मिक पर्यटन मार्गमा खेलकूद प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएकाले सबै नगरवासीलाई सफल बनाउन आव्हान गरे।
‘यो प्रतियोगितामा नगरका लागि गौरव हो, यसलाई सफल बनाउन म सबै नगरवासीसंग आव्हान गर्छु’ उनले भने,‘यो प्रतियोगितासंगै जैविक मार्ग खेल पर्यटन पर्यटनका लागि महत्वपूर्ण गन्तव्य बन्छ ।’
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी, उपाध्यक्ष दुर्गा उपाध्यय, कोषाध्यक्ष चुडामणी अर्याल, सचिव अमर चन्द, सह सचिव मोहन विष्ट, महासंघका पार्षद अशोृक प्रसाद पाण्डेय, महासंघका निवर्तमान अध्यक्ष लक्ष्मण तिवारी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्यद्वय राम सिह ठगुन्ना र विपी अनमोल, म्याराथच मार्च प्रचारप्रसार समितिका संयोजक ज्ञानेन्द्र सिह महता लगायतका सहभागी भएका छन्।
जैविक मार्गको प्रस्थान बिन्दु रौटेलामा नगर प्रमुख विष्टले पत्रकारहरुलाई जैविक मार्ग र माराथन मार्च सम्बन्धी जानकारी गराए । नगर प्रमुख विष्टले स्थानीय तह निर्वाचनको चुनावी प्रतिवद्धता अनुसार गत आर्थिक वर्षमा जैविक मार्ग निर्माण गरेका हुन् । चुनावमा जैविक मार्गलाई प्रमुख चुनावी एजेण्डा थियो।
सुदूरपश्चिम सरकारले जैविक मार्गलाई महाकाली, गोदावरी र कर्णाली मार्ग नामारकण गरी डिपिआरका लागि दुई करोड बजेट विनियोजन गरेको छ । भीमदत्तका नगर प्रमुख विष्टले नगरको गौरवको योजनाका रुपमा जैविक मार्ग निर्माण गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
