काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतबिक्षत भएको धरहराको पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सो क्रममा नेकपा अध्यक्ष प्रचण्ड, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको सहभागिता रहेको थियो । नयाँ बन्ने धरहरा २२ आधुनिक र सुविधासम्पन्न हुने बताइएको छ ।
धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिनेछन् । विक्रम्सम्बत १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तला बनाइएको थियो ।
प्रधानमन्त्री ओली शिलन्यास गर्दै अब छिट्टै सवैले धरहराको टुप्पोबाट काठमाडौ हेर्न पाउने बताएका छन् । उनले सरकारले राम्रा काम गरिहरेको भन्दै राम्रा कामको सबैले सहयोग गर्नुपर्ने पनि बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
