देउवा सरकारले नियुक्त गरेका तीन राजदूतलाई ओली सरकारले बोलायो फिर्ता

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

पूर्ववर्ती कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका तीन राजदूतलाई वर्तमान ओली सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

Advertisement

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतहरु अर्जुन जंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा.चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

तत्कालीन देउवा सरकारले सिंहलाई दक्षिण कोरिया, रायमाझीलाई स्पेन तथा भुसाललाई बंगलादेशका लागि राजदूत नियुक्त गरेको थियो ।

तीन राजदूतलाई स्वदेश फिर्तीका लागि बढीमा तीन हप्ताको समय दिइएको बताइएको छ ।

More News last news
Loading...