वर्तमान सरकार अबको ७ महिना पनि टिक्दैन् : प्रकाण्ड

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले ओली नेतृत्वको वर्तमान सरकार अबको ७ महिना पनि नटिक्ने दाबी गरेका छन् ।

क्रान्तीकारी पत्रकार संगठन केन्द्रीय समितिले सोमबार बुटवलमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नै पार्टिका नेताहरुलाई मिलाउन असफल भएको ओली नेतृत्वको सरकार ६/७ महिना पनि टिक्न गाह्हो भएको बताएका छन् ।

Advertisement

सडकमा छँदा राष्ट्रियता र स्वाधिनताको कुरा गर्ने ओली प्रधानमन्त्री भएपछि भारत सामू लम्पसार परेको आरोप लगाए । ‘कांग्रेस नेतृत्वको सरकारले करोडको अंकमा भष्टाचार गरेको थियो तर अहिलेको सरकारले भने अरबको अंकमा भ्रष्टाचार गरिरहेको छ’ उनले भने ।

देशलाई समृद्धिको बाटोमा लैजान ओली र प्रचण्ड सँगसँगै असफल भएको उनको भनाई छ ।

More News last news
Loading...