अहिलेको सरकारले असहिष्णु व्यवहार देखायो : थापा

स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन कुमार थापाले अहिलेको सरकारले असहिष्णु व्यवहार देखाएको जिकीर गरेका छन ।

पूर्वमन्त्री समेत रहेका नेता थापाले स्याङ्जाको चापाकोट उद्योग वाणिज्य संघले मंसिर २८ देखि पौष ८ गतेसम्म सञ्चालन गरेको प्रथम चापाकोट महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै देशको एतिहासिक उपलब्धीमा जनताको साथ लिएर नेपाली काँग्रेसले नेतृत्व गरेको स्मरण गरे ।

Advertisement

नेपाली काँग्रेस अबको चार वर्ष प्रमुख प्रतिपक्षको हैसियतमा सरकारको हरेक राम्रो काममा सहयोगी भएर काम गर्ने समेत बताए ।

कार्यक्रममा प्रदेश सांसद माननीय भागवत प्रकाश मल्ल, चापाकोट नगरपालिका मेयर शिवकुमार गिरि, वालिङ नगर प्रमुख दिलिप प्रताप खांण लगायतले मन्तव्य राखेका थिए।

More News last news
Loading...