काठमाडौँ । नेपाली काँग्रेसले पदाधिकारीको संख्यामा देखिएको विवाद टुंग्याएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा पार्टीका शीर्ष नेताहरुको वैठकले २–२ जना (उपसभापति, महामन्त्री र सहमहामन्त्री) राख्न सहमत भएका हुन् ।
२ दिनदेखि चलेको शिर्ष नेताहरुको छलफलले ९ जना पदाधिकारी राख्न सहमत भएको पार्टी स्रोतले जानकारी दियो ।
यो सँगै अब सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनबाटनै निर्वाचित भएर आउनेछन् भने कोषध्यक्ष र प्रवक्ता मनोनित गरिने भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
