एमालेमा रडाको, गौतमको प्रस्तावले ओली रुष्ट

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाई मात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् ।

उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफु निकटसँग गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमलाई उल्ले नगरी दुई अध्यक्ष मिलेर पार्टी चलाएको विषय मन नपरेर झगडा लगाउन खोजिएको उल्लेख गरे ।

Advertisement

दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चार्यमा परेका छन्, तत्कालीन एमाले र माओवादीनिकट कानुन् व्यवसायीको संगठन एकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, लगडाइँ झगडा लगाउन सकिन्छ कि ?

कुर्सी अलि अलि पर सार्न सकिन्छ कि रु त्यो प्रयास भएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

More News last news
Loading...