कृष्ण पहाडीसहित २ दर्जन बढी मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेका दुई दर्जन बढी मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरूद्ध प्रदर्शन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको असर पारेर मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रदर्शनमा निषेधित क्षेत्र तोडेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २ दर्जन बढी मानव अधिकारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ। प्रदर्शनका क्रममा मानव अधिकारकर्मीहरूले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारविरूद्ध चर्का नाराबाजी गरेका थिए।

More News last news
Loading...