काठमाडौं । सरकारले पुल्चोकमा रहेको मन्त्री क्वाटरलाई सार्ने भएको छ । ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा नयाँ आवास निर्माण गरेर मन्त्री क्वाटर सार्ने निर्णय सरकारले गरेको हो ।
मन्त्री क्वाटर पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ बनाउने निर्णय गरेको हो। सैवुमा सांसद आवास निर्माणका लागि छुट्याइएको १४९ रोपनी जग्गामा मन्त्री निवास बनाउन लागेको हो।
मन्त्री क्वाटरसँगै राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास पनि बन्नेछ। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले २७ वटा आवास निर्माण गर्न लागिएको जानकारी दिए। त्यस्तै, सरकारले हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा भने स्टेट गेस्ट हाउस बनाउने भएको छ ।
विदेशी पाहुना आएका बेला होटलमा नराखेर यस्तो गेस्ट हाउसमा राख्ने तयारी सरकारको छ। यस्ता राजकीय अतिथि गृह १० वटा बनाउने सरकारले निर्णय गरेको हो। सार्क सम्मेलन लगायतका बेला अतिथि गृह उपयोगी हुने सरकारको ठहर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
