जिल्ला अधिवेशनका लागि नेविसंघले खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं । जिल्ला अधिवेशनका लागि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

नेविसंघ सभापति नैनसिंह महरले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि जिल्ला अधिवेशन गराउन केन्द्रीय प्रतिनिधि खटाएका हुन् ।

Advertisement

केन्द्रीय प्रतिनिधिले जिल्लामा गएर संघको विधान, नियमावली विपरित काम गरे स्वतः निलम्वन गर्ने र महाधिवेशनमा सहभागी नगराउने कडा निर्देशन समेत महरले दिएका छन् ।

खटाइएको चार दिनभित्रमा तोकिएको जिल्ला पुगेर काम नगर्ने प्रतिनिधिको विकल्पमा अर्को प्रतिनिधि पठाइने महरले बताए । नेविसंघको १२ औं महाधिवेशन पुस अन्तिम सातालाई तोकिएको छ।

More News last news
Loading...