सरकारले जनताको हितमा काम गरेन: थापा

कास्की । स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिमा बिकाश खत्री सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार सम्पन्न समितिको अधिवेशनबाट खत्री अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा ईश्वर न्यौपाने, सुगम पौडेल, भेषराज पौडेल, मनिषा पौडेल रहेका छन् भने सचिवमा सागर पौडेल चयन भए ।

Advertisement

यसैगरी सहसचिवमा अर्जुन सापकोटा, शोभा क्षेत्री र सागर पौडेल चयन हुँदा कोषाध्यक्ष पार्वती जि.टी र सह कोषाध्यक्ष कश्यप काफ्ले चुनिए । कार्यक्रममा संविधान सभा सदस्य एवं स्याङ्जाका पूर्व सांसद राजु थापाले अहिलेको सरकार जनताको हितमा  काम नगरेको आरोप लगाए । 

विद्यार्थी बर्ग देशको सचेत बर्ग भएकोले सरकारले गरेको हरेक जनहित बिपरितको कार्यको सरकारलाई खबरदारी गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेविसंघ पूर्व उपाध्यक्ष प्रेम पौडेल, काँग्रेस महाधिवेशन प्रतिनिधि बिष्णु पौडेल, नेविसंघ केन्द्रिय सदस्य गोपाल गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

सम्पर्क समितिका कार्यबहाक सभापति इन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थी नेता नवराज पौडेलले गरेका थिए ।

More News last news
Loading...