काठमाडौँ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आज बिहान काठमाडौँ आइपुगेकी छिन् ।
नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।
यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौँ आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए ।
आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
