काठमाडौं । नेपाल विद्यार्थी संघले महाधिवेशन आगामी पुस २८,२९ र ३० गते गर्ने प्रस्ताव गरेको छ ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले मंगलबार पत्रकार सम्मेलन गरी कार्यतालिकासहितको महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।
जसअनुसार मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन गर्ने, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन गर्ने, पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्ने, पुस १४ गते ७७ जिल्ला अधिवेशन गर्ने र पुस २० गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
